Friday, November 15, 2019
Home > राष्ट्रिय समाचार > बेलबारीकी एक वृद्धाको उपचारमा स्थानीय एकजुट

बेलबारीकी एक वृद्धाको उपचारमा स्थानीय एकजुट

बेलबारी । उपचारको अभावमा एउटा खुट्टा पूर्ण रुपमा काम नलाग्ने अवस्थामा पुगेकी बेलबारीकी एक वृद्धाको उपचारमा स्थानीय एकजुट भएका छन् ।

बेलबारी नगरपालिका वडा नं २ लालभित्ती सिहदेवीकी ९४ बर्षीय वृद्धा पूर्णमाया मगर विगत लामो समयदेखि थला परेकी भए पनि परिवारको नाजुक आर्थिक अवस्थाका कारण उपचार नपाए पछि उपचारका लागि स्थानीय एकजुट भएका हुन् । थलिदै गएकी वृद्धा अहिले बोलचाल गर्न समेत नसक्ने भएकी छन । कमजोर आर्थिक अवस्था भएका कारण आफ्नो एक्लो प्रयासले उपचार सम्भव नहुने हुँदा आमाको उपचारमा सहयोग गरिदिन छोरी हर्कमायाले सबैसँग आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *