Monday, January 18, 2021
Home > मुख्य समाचार > निर्वाचन कार्यालयका प्रमुख र कर्मचारीलाई लक्षितगरि विराटनगरमा प्रशिक्षण सुरु

निर्वाचन कार्यालयका प्रमुख र कर्मचारीलाई लक्षितगरि विराटनगरमा प्रशिक्षण सुरु

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीलाई प्रबिधिमैत्री र मितब्ययी बनाउन आयोगले काम गरिरहेको बताउनुभएको छ ।

निर्वाचन कार्यालयका प्रमुख र कर्मचारीलाई लक्षितगरि प्रदेश एकको राजधानी विराटनगरमा आजबाट शुरु भएको ४ दिने प्रशिक्षण कार्यक्रमको उदघाटन गर्नुहुंदै उहांले यस्तो बताउनुभएको हो । उहांले आगामी ५ बर्षमा विभिन्न ५ वटा मुख्य बिषयबस्तुलाई केन्द्रीत गरेर आयोगले सुधारका काम गर्न लागेको जानकारी दिनुभयो । आयुक्त थपलियाले निर्वाचन प्रणालीलाई थप प्रभावकारी बनाउन देशको ७ सय ५३ वटै स्थानियतहबाट मतदाता नामावली संकलन गरिनुपर्ने,विद्यालयको पाठ्यक्रममा मतदाता शिक्षा समावेश गरिनुपर्ने बताउनुभयो । यस्तै प्रणालीलाई प्रविधिसंग जोड्नुका साथै निर्वाचनलाई मितब्ययी बनाउनु आवश्यक रहेको समेत बताउनुभयो ।  यसअघि प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रदेश एकका सबै जिल्लाका निर्वाचन कार्यालयका प्रमुख तथा कर्मचारीको सहभागिता रहेको प्रशिक्षण कार्यक्रमको उदघाटन गर्नुभएको थियो । आगामी ७ गतेसम्म चल्ने प्रशिक्षणका सहभागिलाई निर्वाचन प्रचारप्रसार खर्च,निर्वाचन विवाद निरुपण,राजनितिक दल दर्ता तथा आय ब्यय विवरण,निर्वाचन जोखिम ब्यवस्थापन तथा मतदाता दर्ता सफ््टवेयर सञ्चालन सम्बन्धि तालिम दिइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *