Friday, March 05, 2021
Home > मुख्य समाचार > प्रेस तथा मानवअधिकार नै कुण्ठित हुने गरी संसदमा ल्याएका विधेयक पास हुन नदिने देउवाको भनाइ

प्रेस तथा मानवअधिकार नै कुण्ठित हुने गरी संसदमा ल्याएका विधेयक पास हुन नदिने देउवाको भनाइ

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सरकारले स्वतन्त्र प्रेस तथा मानवअधिकार नै कुण्ठित हुने गरी संसदमा ल्याएका कुनै पनि विधेयक पास हुन नदिने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्दै उहाले मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ भन्ने कांग्रेसको अडान रहेको बताउनुभयो । जर्बजस्ती गर्न खोजे संसदबाट कुनै पनि हालतमा पारित हुन नदिने उहाँले बताउनु भयो । संसदमा दर्ता गरिएको सुरक्षा परिषद तथा मानवअधिकार सम्वन्धी विधेयकपनि फिर्ता लिन उहाँले सरकारलाई आग्रह गर्नुभयो । लोकतन्त्रको मूल्य र मान्यता विपरित आएको तिनवटै विधेयक कुनैपनि अवस्थामा पास हुन नदिने देउवाको भनाई छ ।  सरकारले बजेट एकपक्षीय ढंगले ल्याउने भन्दै देउवाले विपक्षीको मागलाई सम्बोधन नगरे विरोध गर्ने तर उहाँहरुले जसरी रेलिङ नभत्काउने बताउनुभयो । सभापति देउवाले संचारमाध्यमले के लेख्ने हुुने वा के नलेख्न हुुने भन्ने विषयमा पत्रकार र संचारमाध्यम आफै गम्भीर भएकाले प्रेसमाथि अंकुश लगाउने गतिविधि कांग्रेसलाई मान्य नहुने वताउनुभयो । देउवाले कांग्रेसले सुरु गरेको जागरण अभियानले कांग्रेसलाई एकतावद्ध बनाउन बल पुगेको वताउनुभयो । देउवाले सरकारको गठन भएको डेढवर्ष भएतापनि जनताले अनुभुति गर्ने गरी सरकारले कामगर्न नसकेको वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *