Monday, January 18, 2021
Home > राष्ट्रिय समाचार > सरकार मानव अधिकारको प्रत्याभूति गराउन गम्भीर नभएको आरोप

सरकार मानव अधिकारको प्रत्याभूति गराउन गम्भीर नभएको आरोप

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकार मानव अधिकारको प्रत्याभूति गराउन गम्भीर नभएको आरोप लगाउनुभएको छ ।

अध्यक्ष शर्माले सरोकारवाला निकायसँग छलफल नै नगरी किन राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी विधेयक संसदमा पेश गरेको ? भनि सरकारलाई प्रश्न पनि गर्नुभयो । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मानव अधिकारसम्बन्धि राष्ट्रिय÷अन्तर्राष्ट्रिय फोरमहरुमा प्रतिवद्धता जनाएको सरकारले त्यसका लागि आवश्यक कानुन बनाउन भने नचाहेको दाबी पनि गर्नुभयो । अध्यक्ष शर्माले सरकारकै संरक्षणमा मानव अधिकार हनन्को घटना बढ्दै गइरहेको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *