Wednesday, October 21, 2020
Home > मुख्य समाचार > इटहरीका मेयर गालीगलौचमा उत्रिए

इटहरीका मेयर गालीगलौचमा उत्रिए

इटहरी । आफ्नै कार्यालयका कर्मचारीमाथि हातपात र पत्रकारलाई दुव्र्यहार गरेपछि विवादमा मुछिएका इटहरीका उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी गालीगलौचमा उत्रिनुभएको छ ।

सामाजिक सञ्जालमा आएका टिप्पणीहरु विषयमा मेयर चौधरीले तल्लोस्तरमा झरेर प्रतिक्रिया दिइरहनुभएको छ । सार्वजनिक पद धारण गरेको जनप्रतिनिधिले सामाजिक सञ्जालमा दिएको प्रतिक्रियाले सर्वसाधारणलाई आक्रोशित बनाएको छ । उपमहाननगरपालिकाका कर्मचारी मनोज दाहाल, पत्रकार विकल रेग्मी, कुष्ण बहाब भट्टराईलगायतमाथि भएको दुव्र्यहारपछि सामाजिक सञ्जालमा मेयरको आलोचना भइरहेको छ । नेपाली कांग्रेस नगर सभापति हेमकर्ण पौडेले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै मेयर चौधरीलाई कानुनी कारबाहीभन्दा मानसिक उपचारको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभएको छ । त्यसैगरी पत्रकार विराट अनुपमले जनप्रतिनिधि वा सासंदलाई टिकट दिनु अगाडि नै मेन्टल हेल्थको निरोगिता प्रमाणपत्र अनिवार्य गर्नुपर्ने प्रतिक्रिया लेख्नुभएको छ । इटहरीका युवा प्रमोद भटराईले मैले कस्ता जनप्रतिनिधिलाई भोट दिएछु भनेर जनताले आत्महत्या गर्ने दिन देख्नु नपरोस् भन्दै फेसबुकमा पोष्ट गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गर्नुभएका इटहरीका देवराज थापाले मेयरको व्यवहारले इटहरीवासीलाई नै लज्जित बनाएको बताउनुभयो ।  त्यसैगरी इटहरीकै प्रविन घिमिरेले इटहरीका मेयरलाई नेपालको तर्फबाट अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा पठाए उपाधि पक्का आउने रहेछ भन्दै फेसबुकमा व्यंग्यात्मक पोष्ट गर्नुभएको छ । अधिवक्ता रमेश पोखरेलले मेयर चौधरी फेसबुकमै गालीगलौचमा उत्रिनु आपत्तिजनक भएको प्रतिक्रिया दिनुभयो ।

सर्वसाधारणले लेखेको स्टाटसमा तल्लोस्तरका शब्द प्रयोग गरी मेयर चौधरी गालीगलौजमा उत्रिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *