Monday, June 01, 2020
Home > मुख्य समाचार > भारतीय नक्कली नोटसहित ३ जना पाकिस्तानी पक्राउ

भारतीय नक्कली नोटसहित ३ जना पाकिस्तानी पक्राउ

काठमाडौं । प्रहरीले ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित ३ जना पाकिस्तानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी शैलेश थापा क्षेत्रीले भारतीय नक्कली नोट ७ करोड ६७ लाख ९४ हजारसहित पाकिस्तानका नागरिकहरु मोहम्मद अख्तार, नदिया अनवार र नासिर उद्दिनलाई पक्राउ गरिएको जानकारी दिनु भएको हो । त्यसैगरी उनीहरुलाई रिसिभ गर्न विमानस्थल पुगेका नेपाली नागरिक युनिस अन्सारी, उनका साला सुयल खान र गाडी ड्राईभर सुदन रानाभाटलाई पनि प्रहरीले पक्राउ गरी आज अपरान्ह महानगरीय प्रहरी कार्यालयमा सार्वजनिक गरेको छ । निको र कालो दुई वटा सुटकेशमा राखिएको २ हजार दरका सो परिमाणको भारतीय नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरिएको पनि महानगरीय प्रहरी कार्यालयले जनाएको छ । अन्सारी सहितको नेपाली नागरिकहरुको पनि सो नक्कली भारतीय नोट कारोबारमा संलग्नता देखिएको पनि डिआईजी क्षेत्रीले बताउनुभयो ।

अन्सारी यस अघि पनि नक्कली भारतीय नोटको कारोबार तथा लागूऔषध कारोबारको अभियोगमा थुनामा परेका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *