Monday, September 23, 2019
Home > खेलकुद समाचार > एक्सपर्ट प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजबाट सुरु

एक्सपर्ट प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजबाट सुरु

काठमाडौं । एक्सपर्ट प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ ।

काठमाडौँको किर्तिपुर क्रिकेट मैदानमा प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले गर्नु भयो । प्रतियोगितामा प्रदेश स्तरीय ७ टिम र ३ विभागीय गरि १० टिमको सहभागीता रहेको छ । आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले विजयी शुरुआत गरेको छ । जित निकालेको आर्मीले प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । आर्मीले दिएको २७० रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर दुई ३१ दशमलव ४ ओभरमा जम्मा १०७ रनमा समेटिएको थियो । आर्मीलाई जिताउन शहाव आलमले ४ तथा र शुसन भारीले ३ विकेट लिएका थिए । प्रदेश २ का लागि हरि शंकर साहले सर्वाधिक २१ रन बनाउँदा समसद शेख १६ तथा सुधिर चौधरी १५ रनमा आउट भए । टस हारेर पहिला व्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७८ रन बनाएको थियो । आर्मीका लागि राजु रिजालले सर्वाधिक ९० रन बनाए । प्रदेश २ का हरिशंकर साहले तीन विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *