Thursday, April 02, 2020
Home > खेलकुद समाचार > दोस्रो प्रदेशस्तरीय मेयर कप भलिबल प्रतियोगिताको उपाधि झापालाई

दोस्रो प्रदेशस्तरीय मेयर कप भलिबल प्रतियोगिताको उपाधि झापालाई

सुनसरी । सुनसरीको इनरुवामा आज सम्पन्न दोस्रो प्रदेशस्तरीय मेयर कप भलिबल प्रतियोगिताको उपाधि झापाले जितेको छ ।

शान्तिदीप नेपाल र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा झापाले शिखर शुज इटहरीलाई पराजित गरेको हो । झापाले शिखर शुज इटहरीलाई सोझो सेटमा पराजित गरेको हो । सुरुवाती तीन सेट जितेको झापाले शिखर शुज विरुद्ध २५–२८,२५–१७ र २५–२२ को स्कोरमा नतिजा आफ्नो पक्षमा पारेको हो । प्रतियोगिताको बिजेता बनेसँगै झापाले शिल्ड र प्रमाणपत्रसहित नगद एक लाख पुरस्कार हात पारेको छ भने उपबिजेता भनेको शिखर शुजले शिल्डसहित नगद ५० हजार प्राप्त गरेको छ । बिजेता टोली तथा खेलाडीहरुलाई प्रदेश नम्वर एकका प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता राजीव कोइराला र इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले पुरस्कार वितरण गर्नुभएको थियो । यसैबिच सोही खेलमा उत्कृष्ट दर्शकलाई समेत सम्मान गरिएको छ । खेल अवधीभरको मुल्यांकनमा आधारमा उत्कृष्ट दर्शक ठहरिनु भएका इटहरी घर भई इनरुवामा अध्यापन गराउँदै आउनु भएका शिक्षक कृष्णप्रसाद ढकाललाई नगद ५ हजारसहित सम्मान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *