Friday, November 27, 2020
Home > राष्ट्रिय समाचार > नोबेल मिस नेवा कोशीको फाइनल राउण्डमा १६ जना प्रतियोगीहरुले प्रवेश पाए

नोबेल मिस नेवा कोशीको फाइनल राउण्डमा १६ जना प्रतियोगीहरुले प्रवेश पाए

विराटनगर । यही जेठ ३२ गते विराटनगरमा आयोजना हुने नोबेल मिस नेवा कोशीको फाइनल राउण्डमा १६ जना प्रतियोगीहरुले प्रवेश पाएका छन् ।

स्थानीय बिग होटलमा आज आयोजित अन्तिम अडिसनमा निर्णायकले सोधेका प्रश्नहरुको जवाफ दिंदै धरान, विराटनगर र इटहरीका १६ जना युवतीहरु फाइनल राउण्डमा प्रवेश गरेका हुन् । यसपटकको मिस नेवाःको टाइटल स्पोन्सर नोवेल मेडिकल कलेज रहेको छ । अडिसनमा सहभागीलाई साहित्यकार सरिता तुलाधर, कवि एवं पत्रकार मीनकुमार नवोदित र मिस नेवा कोशीको यसअघिकी उपाधि विजेता सुधा श्रेष्ठले प्रश्नहरु राख्नुभयो । मन्जिना मुभी क्रिएसनको आयोजनामा मिस नेवाको तेश्रो संस्करण यहि जेठ ३२ गते विराटनगरस्थित वीरेन्द्र सभागृहमा आयोजना हुन लागेको हो । प्रतियोगिताका उपाधि विजेतालाई स्कुटी र ५ लाखको बिमासहित क्राउन प्रदान गरिने प्रतियोगिता संयोजक जतिन ताम्राकारले जानकारी दिनुभयो । फाइनल प्रतियोगितामा सहभागि गराउनु अघि प्रतियोगिलाई र्याम्प वाक, बोल्ने शैली र नेवारी भाषा प्रशिक्षण सम्बन्धि १६ दिने बन्द प्रशिक्षण दिइने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *