Monday, April 06, 2020
Home > मुख्य समाचार > प्रतिबद्धताअनुसार काम नगर्ने सांसद तथा मन्त्रीहरुलाई पदबाट हटाउन माग

प्रतिबद्धताअनुसार काम नगर्ने सांसद तथा मन्त्रीहरुलाई पदबाट हटाउन माग

काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले जनतासँग गरिएको प्रतिबद्धताअनुसार काम नगर्ने सांसद तथा मन्त्रीहरुलाई पदबाट हटाउन माग गरेको छ ।

स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी जनतासँग गरिएको प्रतिवद्धता पूरा नगर्ने सांसद तथा मन्त्रीहरुलाई पदबाट हटाउन सरकारसँग माग गरेको हो । काम नगर्ने तर पदमा रहिरहने सांसद तथा मन्त्रीहरुलाई पदबाट हटाउन माग गरिएको अभियानका संयोजक स्वागत नेपालले जानकारी दिनुभयो । अभियानले स्रोत नखुलेको नेताहरुको सम्पत्ति तत्काल राष्ट्रियकरण गर्न पनि सरकारलाई दबाब दिँदै आएको छ । नयाँ भन्ने तर पूरानै तौरतरिकाले चलेर मुलुक नबन्ने उल्लेख गर्दै अभियानका संयोजक नेपालले त्यस्ता राजनीतिक दलहरुको विकल्प खोज्न पनि सर्वसाधारणलाई अपिल गर्नुभयो । अभियानले संघीयताको नाममा दोहोरो कर लगाएर जनतालाई मारमा नपार्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *