Sunday, July 05, 2020
Home > मुख्य समाचार > मापदण्ड विपरित निर्माण गरिएको नाला भत्काइयो

मापदण्ड विपरित निर्माण गरिएको नाला भत्काइयो

विराटनगर । विराटनगरमा निर्धारित मापदण्डभन्दा कम सिमेन्ट प्रयोग गरेर बनाइएको नाला सरोकारवालाहरुले भत्काउन लगाएका छन ।

विराटनगर ११ महेन्द्रचोक पछाडि निर्माणाधीन नालामा निर्धारित मापदण्डभन्दा कम सिमेन्ट प्रयोग गरिनुका साथै प्लास्टरकालागि प्रयोग गरिने बालुवा जोडाइमा प्रयोग गरिएको फेला परेपछि सरोकारवालाले निर्माणकै क्रममा रहेको नाला भत्काउन लगाएका हुन । स्थानीयवासीले जानकारी दिएपछि निर्माणस्थलमा पुग्नु भएका विराटनगर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले निर्माणाधीन नाला भत्काउन लगाउनुभएको छ । सो क्रममा जोडाइ हुंदै गरेको २५ मिटर नाला भत्काइएको छ । वडाध्यक्ष न्यौपानेले ४ तगारीमा एक तगारी सिमेन्ट हाल्नुपर्नेमा निर्माणस्थलमा खटिएका मजदुरहरुले ८ तगारीमा १ तगारी मात्र सिमेन्ट हालेको कारण जोडाइ हुंदै गरेको नाला भत्काउन लगाएको जानकारी दिनुभयो । मापदण्ड विपरीत निर्माण कार्य भएको बिषयमा महानगरका जिम्मेबार प्रतिनिधिलाई जानकारी गराइएको उहांले बताउनुभयो । वडाध्यक्षसहित स्थानीय समेतको अनुगमन टोली निर्माणस्थलमा पुगेपछि पेटी कन्ट्रयाक्टरका ठेकेदार त्यहांबाट भागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *