Monday, April 19, 2021
Home > मुख्य समाचार > बाराको जीतपुरसिमरामा अज्ञात समुहद्धारा ट्रकमा आगजनी

बाराको जीतपुरसिमरामा अज्ञात समुहद्धारा ट्रकमा आगजनी

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ बजनीमा गएराति अज्ञात समुहले लोड गरिएको एक ट्रकमा आगजनी गरेको छ ।
मोतिहारी बीरगंज अमलेखगंज इन्धन पाइपलाइन आयोजनाको पाइपलोड भई आएको भारतीय नम्वर प्लेटको ट्रकमा आगजनी भएको हो । राती १२ बजे तिर आगजनी भएको ट्रकको टायर पड्किएको आवाजले स्थानीय बिउझेर प्रहरी र दमकललाई जानकारी दिए पछि दमकल , प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिईएको स्थानीयले बताएका छन । आगजनीको आशंकामा प्रहरीले शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *