Thursday, February 27, 2020
Home > राष्ट्रिय समाचार > बेलबारी नगरपालिकाले जिल्लामै सबैभन्दा बढी विवाद मेलमिलापको माध्यमबाट निरूपण गर्यो

बेलबारी नगरपालिकाले जिल्लामै सबैभन्दा बढी विवाद मेलमिलापको माध्यमबाट निरूपण गर्यो

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले जिल्लामै सबैभन्दा बढी विवाद मेलमिलापको माध्यमबाट निरूपण गरेको न्यायाधीशसहित गएको अनुगमन टोलीले जनाएको छ ।

जिल्ला अदालतबाट गएको न्यायाधीशसहितको टोलीले अनुगमन गरेको थियो । अनुगमनमा गएको जिल्ला न्यायाधीश नवराज दाहाल नेतृत्वको टोलीले सफ्टवेयरमार्फत् जिल्लामै पहिलो पटक बेलबारीले मुद्दा हेर्ने गरेको बताउनुभयो । तालिका नै बनाएर व्यवस्थित रुपमा काम गरेको भेटिएको उहाँले बताउनुभयो । अदालतकै जस्तो पेशीसहित मुद्दाहरू हेर्नु निकै राम्रो र प्रभावकारी देखिएको उहाँले जानकारी दिनुभयो । शाखा अधिकृत युवराज पौडेलले बेलबारीको न्याय सम्पादनका गतिविधि, नमुना भएको बताउनुभयो । उपमेयर तथा न्यायिक समिति संयोजक ढाकाकुमारी पराजुलीसँग कुराकानी गर्दै अनुगमन टोलीले बेलबारीबाट जिल्लामा जाने मुद्दाहरूसमेत छिटै मिल्ने गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *