Friday, March 05, 2021
Home > मुख्य समाचार > सरकारले जनताको चाहना प्रतिकूल हुनेगरी बजेट ल्याएको कांग्रेसको निष्कर्ष

सरकारले जनताको चाहना प्रतिकूल हुनेगरी बजेट ल्याएको कांग्रेसको निष्कर्ष

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जनताको चाहना प्रतिकूल हुनेगरी बजेट ल्याएको निष्कर्ष निकालेको छ ।

नेपाली काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट जनताको चाहना प्रतिकूल हुने गरी आएको निष्कर्ष निकालेको हो । नेपाली जनताको चाहना विपरित बजेट आएको निष्कर्ष दलको बैठकले निकालेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनु भयो । उहाँले रोजगारीको अवसर बढाउने, मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने, उत्पादन वृद्धि गर्ने भन्दा पनि बजेट जनतालाई थप ऋणको भार थोपर्ने गरी आएको पनि बताउनु भयो । बैठकमा कांग्रेस सांसदहरुले वितरणमुखि बजेटले मुलुकलाई विकसित र समृद्ध बनाउन नसक्ने दावी गरेका छन । कांग्रेस संसदीय दलले सांसदहरुका लागि विनियोजन गरिएको ६ करोड बजेट दुरुपयोग गरे तत्काल विरोध गर्ने निर्णय पनि गरेको छ । प्रमुख सचेतक खाँणले सांसदहरुका लागि विनियोजन गरिएको बजेट दुरुपयोग भए तत्काल विरोध गर्ने निर्णय गरिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *