Tuesday, June 25, 2019
Home > खेलकुद समाचार > विश्वकप क्रिकेटको १२ औं संस्करण आजदेखि सुरु

विश्वकप क्रिकेटको १२ औं संस्करण आजदेखि सुरु

एजेन्सी । एक दिवसिय विश्वकप क्रिकेटको १२ औं संस्करण आजदेखि सुरु भएको छ । इंग्ल्याण्ड र वेल्सका विभिन्न सहरमा हुने विश्व क्रिकेटको महाकुम्भमा १० टोली सहभागी भएका छन् ।

उद्घाटन खेलमा लण्डनको दि ओभलमा अहिले आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ । इंग्ल्याण्डको यो घरेलु मैदान दि ओभलमा इंग्ल्यान्डले सन् २०१५ देखि कुनै एकदिवसीय खेल हारेको छैन । इंग्ल्याण्ड त्यस जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा दक्षिण अफ्रिका पहिलो खेलमा विजयी हुँदै सुखद सुरुवात गर्न चाहन्छ । प्रतियोगितामा सहभागी १० टोलीले राउन्ड रोबिन लिगको आधारमा एक आपसमा खेल्नेछन् । लिग चरणमा शीर्ष चार स्थान लिने टोली सेमिफाइनलमा पुग्नेछन् । जुलाई १४ तारिखसम्म चल्ने विश्वकप क्रिकेटमा यसपटक आयोजक इंग्लण्डसँगै साविक विजेता अष्ट्रेलिया, दक्षिण अफ्रिका, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेष्ट इण्डीज, न्यजिल्याण्ड र अफ्गानिस्तान सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *