Friday, November 27, 2020
Home > मुख्य समाचार > नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो

नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो

वैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ । साथै राष्ट्रपति विद्यादेवी भण्डारीले समकक्षी रामनाथ कोबिदलाई पठाएको निम्तो हस्तान्तरण गर्नुभयो ।

भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने प्रधानमन्त्री ओली हिजो दिल्ली पुग्नुभएको थियो । आज उहाँले भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्नुभएको हो । भेटमा दुवै नेताले उच्चस्तरको भ्रमण आदान प्रदानबारे छलफल भएको थियो । यस्तो भ्रमणले दुई देशको सम्बन्ध थप मजबुत हुने दुबैको विश्वास छ । भेटका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई रुद्राक्षको माला उपहार दिनुभएको थियो । प्रधानमन्त्री ओली आजै स्वदेश फर्कदै हुनहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *