Monday, April 06, 2020
Home > मुख्य समाचार > अष्ट्रियाको ८ दिने भ्रमण सम्पन्न गरि उपराष्ट्रपति पुन स्वदेश फिर्ता

अष्ट्रियाको ८ दिने भ्रमण सम्पन्न गरि उपराष्ट्रपति पुन स्वदेश फिर्ता

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको ८ दिने भ्रमण सम्पन्न गरि अपरान्ह स्वदेश फर्कनु भएको छ ।

उपराष्ट्रपति पुन अष्ट्रियाको भियनामा आयोजित जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी हुन जेठ १२ गते जानु भएको थियो । उपराष्ट्रपति पुनले भियनामा रहदा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनलाई भेट गर्नुका साथै दुई पक्षीय हित र पारस्परिक सहयोगका विषयमा छलफल गर्नु भएको थियो । भेटवार्तामा उपराष्ट्रपति पुनले यूरोपियन यूनियनले नेपाल वायु सेवा निगमको यूरोपियन गन्तव्यमा हुने उडानमा सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो । उपराष्ट्रपति पुनले जेठ १४ गते भियनामा आयोजित जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनको उच्चतम् सत्रमा संबोधन गर्नुभएको थियो । आफ्नो सम्बोधनमा उपराष्ट्रपति पुनले जलवायु परिवर्तनको विश्वव्यापी प्रभावबाट नेपालले भोगिरहेको समस्या र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकुलनका लागि नेपालले गरिरहेको पहलका बारेमा विश्व समुदायलाई जानकारी गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *