Sunday, January 17, 2021
Home > मुख्य समाचार > भोली इदको अवसरमा सार्वजनिक बिदा

भोली इदको अवसरमा सार्वजनिक बिदा

काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीको विशेष पर्व ‘इद उल फित्र’को अवसरमा भोली बुधबार सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद् बैठकले यसअघि नै इद उल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । आज साँझ विज्ञप्ति सार्वजनिक गर्दै गृह मन्त्रालयले भोलीका लागि बिदा दिएको हो । चन्द्रमाको अवलोकनपछि मात्र इद मनाउने दिन निश्चित हुने भएकाले बिहीबारका लागि तोकिएको बिदा अनिश्चित भएको थियो। मंगलबार गृह मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै बुधबारको बिदा निश्चित भएको औपचारिक जानकारी गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *