Thursday, June 04, 2020
Home > मुख्य समाचार > नेकपाको सचिवालय बैठक स्थगित

नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले तयारी गर्न समय मागेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

आज बिहान ९ बजेका लागि बोलाइएको बैठक तयारीकै लागि भन्दै दिउँसो १२ बजेसम्म सारिएको थियो । तर, दुई अध्यक्षले सहमतिको आधार तयार पार्न अरु थप समय चाहिने बताएपछि बैठक स्थगित गरिएको हो । यसअघि हिजोको छलफलमा आज बैठक बसेर जिल्लाका इन्चार्ज र सह–इन्चार्जबारे सहमतिको प्रयास गर्ने सहमति भएको थियो । तर नेताहरूलाई दिइने जिम्मेवारीको मापदण्डबारे कुरा मिल्न नसक्दा बैठक अनिश्चित बनेको हो । ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउन भन्दै तीन दिनदेखि बसिरहेको सचिवालय बैठक दोहोरो जिम्मेवारीकै मापदण्डको वरिपरि घुमिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *