Friday, April 03, 2020
Home > राष्ट्रिय समाचार > बलियो सरकारको कमजोर मनस्थितिको बजेट भएको नेता सिंहको टिप्पणी

बलियो सरकारको कमजोर मनस्थितिको बजेट भएको नेता सिंहको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश मान सिंहले आर्थिक बर्ष २०७६÷७७ को बजेटलाई बलियो सरकारको कमजोर मनस्थितिको बजेट भएको टिप्पणी गर्नुएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक बर्ष २०७६÷७७ को बजेटमाथिको छलफलमा सहभागि हुदै उहाँले बलियो सरकारले कमजोर मनस्थितिको बजेट ल्याएको धारणा राख्नुभएको हो । उहाँले संघीयता कार्यान्वयनको प्रतिवद्धता देखाउन पर्नेमा सरकार त्यसभन्दा पछि हट्दै गएको बताउनुभयो । प्रदेश र स्थानीय सरकारलाई छुट्याएको बजेट न्यून राखिएबाट नै सरकारको संघीयताप्रतिको प्रतिवद्धता स्पष्ट देखिएको उहाँको तर्क थियो । उहाँले राजधानीमा अझै पनि रानी पोखरी र धरहरा बनाउन नसक्ने सरकारले प्रत्येक प्रदेशका लागि विशिष्टिकृत आयोजना भन्दै बजेटमा ठुला ठुला योजना र लक्ष्य राखिएको बताउनुभयो । सुरक्षित बसोबासको व्यवस्था गर्नका लागि पनि बजेटले ठोस योजना ल्याउन नसकेको दाबी उहाँले गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *