Monday, September 23, 2019
Home > खेलकुद समाचार > अष्ट्रेलिया र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदै

अष्ट्रेलिया र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदै

एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले उपाधिको प्रमुख दाबेदार अष्ट्रेलिया र विष्फोटक ब्याट्सम्यानले भरिएको वेस्ट इन्डिजबीच प्रतिस्पर्धा भइरहेको छ ।

नोटिङ्घमा केहिबेरअघि सुरु भएको खेलमा टस जितेर वेष्ट इन्डिजले बलिङ रोजेपछि अष्ट्रेलियाले व्याटिङ सुरु गरेको छ । आज दुवै टोली लगातार दोस्रो जित निकाल्ने सोचमा छन् । पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई तथा वेस्ट इन्डिजले पाकिस्तानलाई समान ७ विकेटले पराजित गरेका थिए । हेड टु हेडमा वेस्ट इन्डिज भन्दा अष्ट्रेलिया अघि छ । यी दुबईबीच हालसम्म १ सय ३९ वान डे खेल भएको छ । जसमा अष्ट्रेलिया ७३ खेलमा विजयी हुँदा ६० पटक पराजित भएको छ । ३–३ पटक नतिजा विहीन र बराबरीमा सकिएको छ । अष्ट्रेलिया विश्वकपको सर्वाधिक सफल टिम हो । ५ पटक उपाधि जित्दा दुई पटक फाईनलमा पराजित भएको छ । वेस्ट इन्डिजले सुरुवाती दुई संस्करणको उपाधि जितेको थियो । त्यसयता भने कमजोर प्रर्दशन गर्दै आएको छ । आजको खेलमा विष्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेल र आन्द्रे रसेल एक आपसमा भिड्दै छन् । जसले खेल थप रोचक हुने अनुमान गरिएको छ । यद्यपि रसेल र गेल चोटका कारण खेल्नेमा शंका रहेको छ । वेस्ट इन्डिज भन्दा अष्ट्रेलिया तुलानात्मक रुपमा धेरै बलियो टोली हो । उसका ओपनर डेविड वार्नर, आरोन फिन्च, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल जस्ता आधुनिक क्रिकेटमा उत्कृष्ट ब्याट्सम्यान छन् । उत्कृष्ट लयमा रहेका वार्नरलाई रोक्न वेस्ट इन्डिजका बलरलाई कठिन पर्न सक्छ । छैटौं पटक उपाधि जित्ने धुनमा रहेको अष्ट्रेलिया टोली निकै सन्तुलित देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *