Sunday, March 29, 2020
Home > मुख्य समाचार > अपाङ्ता भएका ब्यक्तिहरुद्धारा राष्ट्रिय अपाङ महासंघको प्रदेश कार्यालय घेराउ

अपाङ्ता भएका ब्यक्तिहरुद्धारा राष्ट्रिय अपाङ महासंघको प्रदेश कार्यालय घेराउ

विराटनगर । अपाङ्ता भएका ब्यक्तिहरुले रोजगारीदिन मागगर्दै राष्ट्रिय अपाङ महासंघको प्रदेश १ कार्यालय घेराउ गरेका छन ।

दुइ दर्जनको संख्यामा पुगेका ह्वील चेयर प्रयोगकर्ताहरुले आज दिउसो विराटनगरस्थित महासंघको प्रदेश कार्यालय घेराउ गर्नुका साथै धर्ना दिएका छन । उनिहरुले दिउसो १ बजेदेखि ३ बजेसम्म कार्यालय परिसरमा घेराउगर्दै धर्ना दिएका थिए । यसअघि सिमाबर्ती बजार जोगबनीबाट ह्वील चेयरमा किरानाका सामान ल्याएर विराटनगर बजारमा विक्री गरेर त्यसबाट भएको आम्दनीबाट परिवारको भरणपोषण गर्दै आएकोमा त्यसमा रोक लगाइएपछि उनिहरु रोजगारीको माग गर्दै विभिन्न निकायमा धर्ना दिंदै आएका छन् । सो बिषयमा जानकारी दिनुहुंदै विराटनगर १४ जतुवाका संजय थापा मगरले आफुहरुको शारिरिक क्षमता अनुसार रोजगारी उपलब्ध गराउनुपर्ने बताउनुभयो । रोजगारी अभावमा परिवारको भरणपोषणमा समस्या भएको बताउनुहुंदै उहांले पटकपटक गुहार्दा समेत सम्बन्धित निकायले सुनवाई नगरेका कारण आफुहरु धर्ना दिन बाध्य भएको बताउनुभयो ।

यसअघि जेठ २० गते उनिहरुले प्रदेश एकका मुख्य मन्त्री कार्यालय अघिल्लतिरको राजमार्गमा र २१ गते सामाजिक विकास मन्त्रालय तथा विराटनगर महानगरपालिकामा धर्नादिंदै ज्ञापन दिएका थिए । राष्ट्रिय अपाङ महासंघ प्रदेश एकका कार्यक्रम अधिकृत विमल बस्नेतले निति नियम रहेपनि सरोकारवाला निकाय गम्भीर नभएका कारण फरक क्षमता भएका ब्यक्तिहरुले जीवनका विभिन्न पाटोहरुमा समस्या झेल्नुपरेको आरोप लगाउनुभयो ।

अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन २०७४ मा अपांगता भएका ब्यक्तीहरुलाई शारिरीक क्षमता र योग्यताको आधारमा रोजगारी दिनुपर्ने ब्यवस्था रहेको उहांले बताउनुभयो । यस्तै २५ जना भन्दा बढी सपांग कामदार भएका उद्योगमा १ जना अपांगता भएका ब्यक्तीलाई समेत रोजगार दिनुपर्ने ब्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *