Thursday, June 04, 2020
Home > मुख्य समाचार > मोरङ व्यापार संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा संस्थापन पक्षको प्यानलनै विजयी

मोरङ व्यापार संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा संस्थापन पक्षको प्यानलनै विजयी

विराटनगर । मोरङ व्यापार संघको नयाँ नेतृत्वका लागि संस्थापन पक्षको प्यानलनै विजयी भएको छ ।

आज भएको मतगणनामा उद्योग र वाणिज्य दुवै समूहमा सस्थापन पक्ष विजयी भएको निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले जानकारी दिनुभयो । आज दिउँसो सम्पन्न निर्वाचन परिणाम अनुसार उद्योगतर्फ ८ सदस्य पदका लागि ११ जनाको उम्मेदवारी परेकोमा उद्योगतर्फ प्रकाश मुन्दडा, अमित सारडा, दीपेश सुवेदी, आशीष जाजू, पवन राठी, अनुपम राठी, सुनिल टिवडेवाल र अनिल सारडा विजयी हुनु भएको छ । यस्तै वाणिज्यतर्फ ८ पदका लागि १० जनाको उम्मेदवारी परेकोमा अनिलकुमार साह, मनीषकुमार मारु, राजेशकुमार अग्रवाल, विकाशकुमार वेगवानी, देवाशीष गोल्छा, विनित सिंघानीया, सुशील सुराना र नवीन रिजाल विजयी हुनु भएको छ ।  व्यापार संघको ३२ औं कार्यकारिणी समितिको निर्वाचनका लागि २९ जनाको उम्मेद्वारी परेको थियो । जसमा उद्योगतर्फ १३ ,वाणिज्य तर्फ १४ र वस्तुगत तर्फ २ जनाको उम्मेद्वारी परेको थियो । निर्वाचनबाट वाणिज्यतर्फ ८, उद्योगतर्फ ८ र बस्तुगततर्फ २ जना गरि कुल १८ जना निर्वाचित भएका छन । सोही भित्रबाट संघको अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारी चयन गरिने व्यवस्था रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *