Sunday, December 15, 2019
Home > मुख्य समाचार > सिमा स्तम्भलाई सुरक्षित र व्यवस्थित बनाउने तथा संरक्षण गर्ने नेपाल र भारतबिच सहमति

सिमा स्तम्भलाई सुरक्षित र व्यवस्थित बनाउने तथा संरक्षण गर्ने नेपाल र भारतबिच सहमति

विराटनगर । नेपाल भारत सिमामा रहेका सिमा स्तम्भलाई सुरक्षित र व्यवस्थित बनाउने तथा संरक्षण गर्ने सहमति गरिएको छ ।

विराटनगरमा आज सम्पन्न फिल्ड सर्भे सम्बन्धी दोश्रो बैठकमा सहभागि नेपाल र भारत तर्फको जिल्लाका सुरक्षा अधिकारीहरुबीच सो सहमति भएको हो । भारतसंग सिमा जोडिएको एक नम्बर प्रदेशको झापा, मोरङ र सुनसरीमा सिमा स्तम्भ मर्मत र निर्माण कार्य सम्पन्न भईसकेको छ भने इलाम, पाँचथर र ताप्लेजुङमा काम नै शुरु भएको छैन । सिमा क्षेत्रमा हराएका सिमा स्तम्भ र सिमा स्तम्भको अनुगमन बारे छलफल गर्न बोलाइएको सो बैठकमा सिमा स्तम्भ निर्माणमा देखिएको समस्यालाई आपसी समझदारीमा सम्पन्न गरिएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । स्तम्भलाई गुणस्तरीय र टिकाउ बनाउने गरी प्रगति विवरण बारे छलफल भएको उहांले बताउनुभयो । संयुक्त फिल्ड सर्भे बैठकमा नेपालका तर्फबाट मोरङ, सुनसरी, झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका साथै नापी विभाग र वन कार्यालयका अधिकारीहरुको उपस्थिति रहेको थियो भने भारतीय पक्षबाट अररिया, सुपौल र किशनगंजका डिष्ट्रिक्ट मेजिष्ट्रेट, सुरक्षा अधिकारी र नापी विभाग तथा वन अधिकृतहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *