Thursday, April 02, 2020
Home > राष्ट्रिय समाचार > राजतन्त्र फेरी चाहियो भन्नेहरु ‘मुर्ख’ : प्रधानमन्त्री

राजतन्त्र फेरी चाहियो भन्नेहरु ‘मुर्ख’ : प्रधानमन्त्री

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फेरी चाहियो भन्नेहरुलाई ‘मुर्ख’ को संज्ञा दिनु भएको छ ।

प्रधानमन्त्री ओलीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै २ सय ४० वर्ष शासन गरेर मुलुकलाई अन्धकारको युगमा धकेल्ने, गरिव बनाउने राजतन्त्र फेरी चाहियो भनेर केहीले मुर्खतापूर्ण अभिव्यक्ति दिईरहेको उल्लेख गर्दै आपत्ति पनि जनाउनु भयो । उहाँले देश र जनतालाई माया गरेर इमान्दारिताका साथ राष्ट्र निर्माणको अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गर्नु भयो । आज भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले देशलाई प्रतिगमनतर्फ लैजाने चेष्टा नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराउनु भयो । उहाँले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई तथाकथित क्रान्तिको नाममा हिंसा भड्काउने प्रयास नगर्न पनि चेतावनी दिनु भयो ।  प्रधानमन्त्री ओलीले बेरोजगारी समस्या समाधानको बाटोमा सरकार लागि परेको पनि बताउनु भयो । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ बेरोजगारी समस्या समाधानका लागि नै सुरुवात गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले ४० लाख युवाहरु वैदेशिक रोजगारमा रहेकाले उनीहरुलाई देश भित्रै रोजगारीको अवसर सृजना गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बेरोजगार युवाहरुलाई देशमै रोजगारीको अवसर सृजना गर्न सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लागू गरेको बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *