Thursday, November 14, 2019
Home > राष्ट्रिय समाचार > लोकसेवा आयोगको विज्ञापन संवैधानिक : मन्त्री पोखरेल

लोकसेवा आयोगको विज्ञापन संवैधानिक : मन्त्री पोखरेल

विराटनगर । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले संवैधानिक अंगले संवैधानिकढंग बाट गरेको कामप्रति कार्यपालिकाले अनुचित ढंगले हस्तक्षेप गर्न नमिल्ने वताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्दै उहाँले प्रदेश स्तरमा लोकसेवा आयोग नवनेकोे अवस्थामा कर्मचारी पदपुर्तिका लागि आयोगले गरेकोे कर्मचारीको मागलाई अनुचित भन्न नमिल्ने प्रष्ट पार्नुभयो । उहाँले लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया संमावेशी सिद्धान्त अनुसार अघि वढाएको भनेर आयोगले प्रष्ट पारिसकेको अवस्थामा यस विषयमा वाहिर आएको कुरामा सत्यता नभएको स्पष्ट पार्नुभयो ।  उहाँले केन्द्रिय तहमा रहेको कर्मचारीले मात्र प्रदेश र स्थानीय तहमा अपुग हुने भएकाले आयोगले संविधानको व्यवस्था अनुरुप समावेशी सिद्धान्तअनुसार कर्मचारी पद्धपुर्ति गर्न खोजेकाले यसप्रति कार्यपालिकाले हस्तक्षेप गर्न नमिल्ने धारणा राख्नुभयो । उहाँले संविधानको व्यवस्था अनुसार प्रदेश स्तरमा लोकसेवा आयोग वन्ने संवैधानिक व्यवस्था रहेपनि अहिलेको अवस्थामा लोकसेवा आयोग नवनि सकेकाले आयोगले कर्मचारी भर्नाका लागि प्रक्रिया अघि वढाएको वताउनुभयो । संविधानमा गरिएको व्यवस्थालाई कार्यपालिका, न्यायपालिका तथा सवै संवैधानिक अंगेले पालना गर्नुपर्ने वताउनुभयो । उहाले सरकारले ल्याएको विधेयकले मिडिया काउन्सिललाई थप व्यवस्थित वनाउने वताउनुभयो । प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागी लडेको शक्ति अहिले सरकारमा रहेकाले विधेयकले प्रेसलाई नियन्त्रणगर्ने कुरा कल्पना समेत गर्न नसकिने उहाँको भनाई थियो । उहाँले विधेयकले अनुचित र गैर जिम्मेवार ढंगले गर्ने कार्यलाई भने नियन्त्रण गर्ने वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *