Tuesday, July 07, 2020
Home > मुख्य समाचार > गुठी विधेयकको विरोधमा प्रहरी धरपकडको विरोध गर्दे संसद बैठक अवरुद्ध

गुठी विधेयकको विरोधमा प्रहरी धरपकडको विरोध गर्दे संसद बैठक अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी सम्बन्धी विधेयकको विरोधमा काठमाडौको माईतीघर मण्डलामा भएको प्रहरी धरपकडको विरोध गर्दे संसद बैठक अवरुद्ध गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माईतीघर मण्डलामा भएको प्रहरी दमनको भत्र्सना गर्दै सो बारे गृहमन्त्रीको जवाफ माग गरेको हो । बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले शान्तिपूर्ण रुपमा भेला भएका आम नागरिक माथि वर्वरतापूर्ण आक्रमण गरेको भन्दै सो कार्यको भत्र्सना गर्नुभयो । संविधानले धर्म संस्कृति र परम्पराको संरक्षण गर्ने प्रतिवद्धता जाहेर गरेको स्मरण गर्दे उहाँले गुठी सम्बन्धी विधयेकले धर्म संस्कृति परम्परा र सम्पदामाथि गम्भीर प्रहार गरेको दाबी गर्नुभयो । उहाँले सरकारले विदेशी धर्मप्रचारको टोपी लगाएर नेपाली धर्म र संस्कृतिमाथि प्रहार गर्ने काम गरेको आरोप लगाउनुभयो । उहाँले सरकारले संविधानको मर्म विपरित विधेयकहरु ल्याउने काम गरिरहेको दाबी गर्नुृभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *