Friday, March 05, 2021
Home > राष्ट्रिय समाचार > भारतले पुनर्निर्माणका लागि दिने भनेको दोस्रो किस्ता वापतको १ अर्ब ६० करोड रुपैया उपलब्ध गरायो

भारतले पुनर्निर्माणका लागि दिने भनेको दोस्रो किस्ता वापतको १ अर्ब ६० करोड रुपैया उपलब्ध गरायो

काठमाडौं । भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दिने भनेको दोस्रो किस्ता वापतको १ अर्ब ६० करोड रुपैया उपलब्ध गराएको छ ।

आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको सो रकमको चेक हस्तान्तरण गर्नु भएको हो । भारतले नेपालको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता वापत १ अर्ब ६० करोड रुपैयाँ उपलब्ध गराएको अर्थ सचिव राजन खनालले जानकारी दिनु भयो । भारतले नेपालको पुनर्निर्माणका लागि पहिलो किस्तावापत यस अघि नै २ अर्ब १० करोड रुपैयाँ उपलब्ध गराइ सकेको छ । कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत सिंहले नेपालको भूकम्पपछिको पुनर्निर्माणको काममा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी भएको बताउनु भयो । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले नेपालमा ठूलो धनजनको क्षति भएपछि भारतलगायतका देशहरुले त्यसको पुनर्निर्माणमा सघाउने समझदारी गरेका थिए । कार्यक्रममा राजदुत पुरीले नेपालको निजी आवास पुनर्निर्माणको काम करिव ७० प्रतिशत भन्दा बढि सम्पन्न हुनु आफ्नो मुलुकका लागि सुखद् समाचार भएको पनि बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *