Tuesday, June 25, 2019
Home > राष्ट्रिय समाचार > इलामको एक जलविद्युत आयोजनामा आगलागी हुँदा ५ करोड बराबरको क्षति

इलामको एक जलविद्युत आयोजनामा आगलागी हुँदा ५ करोड बराबरको क्षति

इलाम । इलामको पुवाखोला स्थित अपर पुवा १ साना जलविद्युत आयोजनामा आज दिउँसो अकस्मात आगलागी हुँदा पाँच करोड बराबरको क्षति भएको छ ।

जोशी हाइड्रोपावर कम्पनीद्धारा निर्माण गरिएको तीन मेगावाट क्षमताको उक्त आयोजनाको पावरहाउसमा जडान भएको दुई टर्वाइन मध्ये एउटामा अचानक आगलागी भएपछि उक्त क्षति भएको आयोजनाका कर्मचारीले जनाएका छन् । डेढ मेगावाट क्षमताको एक टर्वाइन विग्रीएर केहि दिन अगाडिदेखि नचलाएको तर आज अकस्मात उल्टो घुमेर आगलागि भएको बताइएको छ । आगलागी लगत्तै कर्मचारी र स्थानीयले पावरहाउसमा पानी वन्द गरि आगो नियन्त्रणमा लिएका थिए । आगलागी नियन्त्रण गर्न इलाम नगरपालिकाको दमकल गएपनि आगो नियन्त्रण पछि मात्र घटनास्थलमा पुगेको थियो । एक टर्वाइन विग्रिएपछि उक्त जलविद्युत आयोजनाबाट डेढ मेगावाट मात्र विद्युत उत्पादन हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *