Monday, September 23, 2019
Home > मुख्य समाचार > २ वटा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

२ वटा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

विराटनगर । मोरङ प्रहरीले २ वटा पेस्तोलसहित भारतीय नागरिकलाई विराटनगरको एक होटलबाट पक्राउ गरेको छ ।

भारतको बगर्निया वडा नम्बर ७ सितामणी बस्ने २० बर्षीय कुनालकुमार सिंहलाई एउटा पेस्तोल र त्यसमा लाग्ने ४ राउण्ड गोली र अर्को कटुवा पेस्तोल र त्यसमा लाग्ने ४ राउण्ड गोलीसहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । हतियारसहित होटलमा मानिस रहेको सुचनाका आधारमा प्रहरीले खोजतलास गर्दा उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले बताउनु भयो । उनको साथमा थप परिचय खुल्ने कुनै कागजपत्र नभएको र नेपाली बोल्न नजान्ने पनि प्रहरीले जानकारी गराएको छ । अनुसन्धान चलिरहेकाले थप जानकारी आउन बाँकी रहेको एसपी अधिकारीले बताउनुभयो । सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन मोरङ प्रहरीले शान्ति सुरक्षामा पनि थप कडाई गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *