Tuesday, June 25, 2019
Home > खेलकुद समाचार > एसीसी यू–१९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

एसीसी यू–१९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

विराटनगर । एसीसी यू–१९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

एसियन क्रिकेट परिषद् (एसीसी)ले आज एसीसी यू–१९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । समूह ‘ए’मा नेपाल, चीन, सिंगापुर र म्यानमार रहेका छन् । समूह ‘बी’मा आयोजक मलेसियासँगै हङकङ, थाइल्यान्ड र भुटान रहेका छन् । प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जुलाई २ तारिखमा म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । आफ्नो दोस्रो खेलमा नेपालले जुलाई ५ मा सिंगापुर र ६ तारिखमा चीनसँग खेल्नेछ । समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले श्रीलंकामा हुने एसीसी यू १९ एसिया कप क्रिकेटमा भाग लिन पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *