Tuesday, June 25, 2019
Home > राष्ट्रिय समाचार > मिडिया काउन्सिल विधेयक फिर्ता नलिएसम्म पत्रकार महासंघले आन्दोलन नरोक्ने

मिडिया काउन्सिल विधेयक फिर्ता नलिएसम्म पत्रकार महासंघले आन्दोलन नरोक्ने

काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिएको छ ।

महासंघका महासचिव रमेश विष्टले सो विधेयक फिर्ता नभएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिनु भएको हो । उहाँले सरकारले आफूहरुको जायज माग सम्बोधन गर्न पनि चासो नदिएको भन्दै दुःख पनि व्यक्त गर्नु भयो । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विष्टले आफूहरुको आन्दोलनलाई सरकारले राजनीतिक रङ दिएको भन्दै आपत्ति पनि जनाउनु भयो ।
नेपाल पत्रकार महासंघले सरकारले मिडिया काउन्सिल विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुने गरी ल्याएको दावी गर्दै त्यसलाई फिर्ता लिन तेस्रो चरणको दवाव आन्दोलनको कार्यक्रम पनि घोषणा गरेको छ । जस अनुसार असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापी हस्ताक्षर अभियान संचालन गर्ने, असार ६ गते सो हस्ताक्षर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने, असार १० गते मिडिया काउन्सिल विधेयक विरुद्ध कार्टुन प्रर्दशनी गरिनेछ । असार २५ गते लालटिन जुलुस आयोजना गर्ने र असार ३० गते देशव्यापी सिटी जुलुस र सभा गर्ने कार्यक्रम पनि तय गरिएको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *