Tuesday, June 25, 2019
Home > राष्ट्रिय समाचार > ऋषिदेव समुदायका छोराछोरीका लागि अध्ययन गर्न लायन्स क्लब अफ विराटनगर पाथीभराद्धारा भवन निर्माण

ऋषिदेव समुदायका छोराछोरीका लागि अध्ययन गर्न लायन्स क्लब अफ विराटनगर पाथीभराद्धारा भवन निर्माण

विराटनगर । लायन्स क्लब अफ विराटनगर पाथीभराले विराटनगर १६ का ऋषिदेव समुदायका छोराछोरीका लागि अध्ययन गर्न भवन निर्माण गरिदिएको छ ।

पाथीभराले अति गरीब र विपन्न वर्गका ऋषिदेव समुदायका छोराछोरीलाई पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले १ कोठे पक्की भवन निर्माण गरि दिएको हो । पाथिभराले ३ लाखको लागतमा भवन निमार्ण सम्पन्न भएको जनाएको छ । भवनको उद्घाटन गर्दे लायन्स क्लब ३ सय २५ ए वानका डिस्ट्रिक गर्भनर अनन्तराज भेटवालले लायन्सले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दे आएको बताउनु भयो । उहाँले गरिब, विपन्न जहाँ छन्, त्यही लायन्स पुगेर आर्थिक सहयोग मात्र नभई मानवीय सहयोग पनि गर्ने काम गर्दे आएको बताउनु भयो । यसअघि भवन नहुदा विद्यार्थीहरुलाई पठनपाठनमा समस्या हुने गरेको शिक्षक राजु क्षेत्रीले बताउनु भयो । शारीरिक रुपमा अशक्त शिक्षक राजु श्रेष्ठले दैनिक रुपमा ऋषिदेव समुदायका ४५ जना विद्यार्थीहरुलाई राखेर निःशुल्क शिक्षा दिदै आउनु भएको छ । समाजमा केही गरौं भन्ने उद्देश्यले कलाकार पारस थापा र राजु क्षेत्रीले २०७४ फागुन १२ गतेदेखि त्यहाका बालबालिकालाई शिक्षा मात्र नभई विभिन्न अक्तिरिक्त क्रियाकलाप गराउदै आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *