Tuesday, July 23, 2019
Home > खेलकुद समाचार > विश्वकप क्रिकेटमा श्रीलंका र दक्षिण अफ्रिका बिच प्रतिष्पर्धा जारी

विश्वकप क्रिकेटमा श्रीलंका र दक्षिण अफ्रिका बिच प्रतिष्पर्धा जारी

एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा अहिले श्रीलंका र दक्षिण अफ्रिका बिच प्रतिष्पर्धा भइरहेको छ ।

७ खेलमा १ मा जित र ५ मा हारका साथ नवौं स्थानमा रहेको दक्षिण अफ्रिका उपाधि होडबाट बाहिरिसकेको छ । उसको लागि आजको खेल प्रतिष्ठाको लडाईंमात्रै हुनेछ । यता ६ खेलमा समान २ मा जित र हारका साथ सातौं स्थानमा रहेको श्रीलंकाको भने शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने झिनो अंक गणितीय संभावना बाँकी छ । आज सहित बाँकी दुबै खेलमा विजयी भए र अन्य टोलीको नतिजा आफुअनुकुल आएको खण्डमा श्रीलंका सेमिफाइनलमा पुग्न सक्ने अंक गणितीय झिनो संभावना देखिन्छ । आजको खेलमा पराजित भए श्रीलंकाको पनि अघिल्लो चरणको यात्रा लगभग समाप्त हुने छ । यसअघि उपाधिको प्रमुख दाबेदार इंग्ल्यान्डलाई स्तब्ध पारेको श्रीलंकाको मनोबल पनि उच्च छ । विश्वकपमा यी दुई देशबीच ५ खेल भएको छ । जसमा दक्षिण अफ्रिका ३ खेलमा विजयी हुँदा १ मा पराजित भएको छ । एक खेल बराबरीमा सकिएको छ । यी दुईदेशबीच ७६ वान डे खेल भएको छ । जसमा दक्षिण अफ्रिका ४३ खेलमा विजयी हुँदा ३१ खेलमा पराजित भएको छ । २ खेलको नतिजा विहिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *