Thursday, April 02, 2020
Home > मुख्य समाचार > आज देखि मुलुकभर वृक्षारोपण अभियान सुरु

आज देखि मुलुकभर वृक्षारोपण अभियान सुरु

काठमाडौं । सरकारले आज देखि मुलुकभर वृक्षारोपण अभियान सुरु गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौको कोटेश्वरमा नास्पतिको विरुवा रोपेर बृक्षरोपण अभियानको शुभारम्भ गर्नुभएको हो । वृक्षारोपण अभियान शुभारम्भ कार्यक्रममा सरकारका मन्त्रीहरु, उच्चपदस्थ अधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, सर्वसाधरण लगायतको उल्लेख्य उपस्थिति थियो । वृक्षरोपण अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले औषधीयुक्त वनस्पतिको महत्व बुझेर संरक्षण र सम्बद्र्धनको साथै नयाँ विरुवा रोप्न सबैलाई आग्रह गर्नुभयो । सरकारले यस बर्ष सबैलाई विरुवा उपलब्ध गराउन नसकेपनि आगामी बर्ष विरुवा उपलब्ध गराउने आश्वासन दिनुभयो । उहाँले विरुवा रोप्नका लागि जग्गा उपलब्ध नभए गमलामा भए पनि रोप्न आग्रह गर्नुभयो ।

असार १४ लाई राष्ट्रिय वृक्षारोपण दिवसको रुपमा मनाउने सरकारको निर्णय अनुसार आज काठमाडौ लगायत मुलुकभर वृक्षरोपण गरिएको हो । कोटेश्वर देखि कलंकी सडकखण्डमा वृक्षारोपण गरिएको छ । सरकारले वृक्षारोपण अभियान अन्र्तगत ३ बर्ष भित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना बनाएको छ । योजना कार्यान्वयनका लागि सरकारले मातहतका निकायलाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *