Friday, November 27, 2020
Home > राष्ट्रिय समाचार > झापाको हल्दिवारीमा छावा जङ्गली हात्तीको करेन्ट लागेर मृत्यु

झापाको हल्दिवारीमा छावा जङ्गली हात्तीको करेन्ट लागेर मृत्यु

झापा । झापाको हल्दिवारीमा छावा जङ्गली हात्तीको करेन्ट लागेर मृत्यु भएको छ ।

हुलाकी राजमार्गसँग जोडिएको हल्दिवारी ३ स्थित रनकाली सामुदायिक वनभित्र छावा जङ्गली हात्तीको करेन्ट लागेर मृत्यु भएको हो । योसँगै २०६७ सालदेखि अहिलेसम्म जिल्लामा छावासहित ११ वटा जङ्गली हात्ती र ३९ जना मानिसको मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका विष्णुलाल घिमिरेले जानकारी दिनुभयो । रनकाली सामुदायिक वन उपभोक्ता समूहको कार्यालयको ५० मिटर नजिकै छावा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको उहाँले बताउनुभयो । उहाँका अनुसार करिब तीन वर्षको छावा मत्ता हात्तीले आफ्नो सुँडले करेन्ट प्रवाह भएको अर्थिनको तार छोएपछि मृत्यु भएको हो । करेन्ट लागेर मृत्यु भएको छावा हात्तीको पशु चिकित्सकले पोस्टमार्टम गरे पश्चात् त्यही जङ्गलमा खाल्डो खनेर पुर्ने तयारी भइरहेको घिमिरेले बताउनुभयो । जलथलको चार कोषे जङ्गलमा ८ देखि १० वटा रैथाने हात्ती रहेको स्थानीयले बताएका छन । रनकाली सामुदायिक वन उपभोक्ता समूहले जङ्गल नजिकैको बस्तीमा दिनहुँ जङ्गली हात्ती निस्किन थालेपछि त्यसबाट बच्न जङ्गल वरिपरि विगत ८ वर्षदेखि विद्युतीय तरबारको रूपमा अर्थिन करेन्ट लगाउँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *