Thursday, June 04, 2020
Home > राष्ट्रिय समाचार > सडक सुशासनलाई १ नम्बर प्रदेश सरकारले प्राथमिकतामा राखेको मन्त्री कार्कीको भनाइ

सडक सुशासनलाई १ नम्बर प्रदेश सरकारले प्राथमिकतामा राखेको मन्त्री कार्कीको भनाइ

विराटनगर । प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सडक सुशासनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको सडक सुशासन तथा सुरक्षा बिषयक एक दिवसिय प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रममा बोल्नुहुंदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री कार्कीले प्रदेश सरकार गठन भएकै बेला सडक सुशासनलाई प्राथमिकतामा राखेर नीति ल्याइएको बताउनुहुँदै सोहीअनुसार कार्यक्रम बनाएर बजेट बिनियोजन गरिएको बताउनुभयो । उहाँले प्रदेशभित्र रहेको करीब १३ हजार किलोमिटर सडक सञ्जालमध्ये पहिलो चरणमा ६२ किलोमिटर सडकलाई सडक सुशासनभित्र राख्नेगरी प्रक्रिया सुरु गरिसकिएको जानकारी दिनुभयो । मन्त्री कार्कीले महेन्द्र राजमार्गको कन्काई नदीदेखी मेची पुलसम्म र झुम्कादेखी बेलबारीसम्मको सडकलाई सडक सुशासनभित्र राख्नेगरि आवश्यक कार्य प्रारम्भ गरिसकिएको बताउनुभयो । उहाँले झुम्कादेखी बेलबारीसम्मको २५ किलोमिटर सडकलाई सडक सुशासनभित्रको पहिलो नमुना सडकका रुपमा विकास गर्न लागिएको समेत जानकारी दिनुभयो । मन्त्री कार्कीले इलाम,धनकुटा र उदयपुरका सडकहरुलाई समेत सडक सुशासनभित्र राख्नेगरि प्रारम्भीक चरणको काम भइरहेको जानकारी दिनुभयो । उहांले पछिल्लो १० बर्षभित्र दैविक विपत्ति लगायतका कारणभन्दापनि सडक दुर्घटनामा झण्डै दोब्बर संख्याका मानिसले ज्यान गुमाएका कारण सडकहरुलाई ब्यवस्थित गर्नुपर्ने आवश्यकता रहको प्रष्ट पार्नुभयो । प्रदेश प्रहरी प्रमुख ठाकुर ज्ञवालीले सडक सुशासन कायमगर्न ट्राफिक प्रहरी एक्लैमात्र सम्भव नहुने बताउनुहुंदै सरोकारवाला सबै पक्ष जिम्मेबार र अनुसाशित हुनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *