Thursday, November 21, 2019
Home > खेलकुद समाचार > उपमेयर कप महिला फुटबल प्रतियोगिता विजेता टिमलाई विराटनगर महानगरद्धारा नगद सहित सम्मान

उपमेयर कप महिला फुटबल प्रतियोगिता विजेता टिमलाई विराटनगर महानगरद्धारा नगद सहित सम्मान

विराटनगर । विराटनगर महानगरपालिकाले उपमेयर कप महिला फुटबल प्रतियोगिता विजेता टिमलाई आज नगदरसहित सम्मान गरेको छ ।

महानगरपालिकाले आज विराटनगरमा कार्यक्रम गरी काठमाडौंमा सम्पन्न महिला फुटबल प्रतियोगिता जित्ने विराटनगरको टिमलाई सम्मान गरेको हो । महानगरपालिकाको तर्फबाट नगरप्रमुख भीम पराजुलीले महिला टिमले उपाधिसहित जितेको नगद ५ लाखमा महानगरको तर्फबाट ५ लाख रुपैयाँ थप गरी महिला टिमलाई बधाई तथा शुभकामना दिनुभयो । उहाँले उपाधि जितले विराटनगर खेलकुदप्रति सशक्त छ भन्ने सन्देश दिइएको बताउनुभयो । पराजुलीले खेलकुद क्षेत्रको विकासका लागि महानगरपालिकाले नीति तथा कार्यक्रममा समेटेको बताउनुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले महानगरले खेलकुद नगरपरिषद् गठन गरेर यसक्षेत्रको समग्र विकासका लागि काम थाल्ने तयारी गरेको बताउनुभयो । क्रिकेट÷फुटबलतर्फ ५० जना महिला, पुरुषतर्फ एक एक सय जनालाई प्रशिक्षण दिइ दक्ष बनाउन आउने आर्थिक बर्षमा काम गर्ने बताउनुभयो । महिला टिमका म्यानेजर उद्धव अर्यालले निकै मेहनत गरेर विराटनगरको टिमले निकै मजबुत मानिएका टोलीलाई हराएर उपाधि जितेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *