Tuesday, July 23, 2019
Home > खेलकुद समाचार > विश्वकप क्रिकेटमा भारत र घरेलु टिम ईङ्ल्याण्डबीच प्रतिस्पर्धा जारी

विश्वकप क्रिकेटमा भारत र घरेलु टिम ईङ्ल्याण्डबीच प्रतिस्पर्धा जारी

आईसीसी विश्वकप क्रिकेटमा अहिले भारत र घरेलु टिम ईङ्ल्याण्डबीच प्रतिस्पर्धा हुदैछ । सेमिफाईनलमा स्थान बनाउन दुवै टिमलाई जित महत्वपुर्ण छ ।

ईङ्ल्याण्डविरुद्व जित हासिल गरेको अवस्थामा भारत सेमिफाईनलमा स्थान बनाउनेछ । तर ईङ्ल्याण्डले हारले विश्वकपमा उसको अवस्था कठिन मोडमा पुग्नेछ । सेमिफाईनल सम्भावनालाई कायम राख्न ईङल्याण्डलाई जितको विकल्प छैन । भारत ६ खेलबाट ११ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । ईङल्याण्ड ७ खेलबाट ८ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । शनिबारको खेलमा पाकिस्तानको जितले समेत घरेलु टोलीमाथि दबाब बढाएको छ । विश्वकपमा शानदार प्रर्दशन गरिरहेको भारत प्रतियोगितामा अपराजित छ । माथिल्ला क्रमका ब्याट्सम्यान र बलरको प्रर्दशनले भारतले आफुलाई अब्बल सावित गरिरहेको छ । यता प्रतियोगिताको मुख्य दाबेदार मानिएको ईङ्ल्याण्डले सुरुवाती ५ खेलमा ४ खेल जितेर आफुलाई अब्बल सावित गरेको थियो । तर श्रीलंका र अष्ट्रेलियाविरुद्व आफुलाई सम्हाल्न नसक्दा घरेलु टोली पराजित हुन पुगेको थियो । बाँकी दुई खेलमा एक हारले ईङ्ल्याण्डलाई विश्वकप बाहिर समेत राखिदिन सक्नेछ । यता यी दुई देशबीचको नतिजाले पाकिस्तानको अघिल्लो चरणको संभावनाको बाटोलाई निर्धारण गर्नेछ । यदि आज भारत इंग्ल्याण्डसँग पराजित भए पाकिस्तान विश्वकपबाट बाहिरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *