Friday, November 27, 2020
Home > राष्ट्रिय समाचार > पारमाणविक तथा रेडियोधर्मी पदार्थ सम्बन्धि विधेयकप्रति सांसदहरुको आपत्ति

पारमाणविक तथा रेडियोधर्मी पदार्थ सम्बन्धि विधेयकप्रति सांसदहरुको आपत्ति

काठमाडौं । सरकारले ल्याएको ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति प्रतिनिधिसभाका सांसदहरुले आपत्ति जनाएका छन् ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले सो विधेयक राष्ट्रको हित हुनेगरी नआएको भन्दै आपत्ति जनाएका हुन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले सरकारले बाह्य ‘इन्टे«ष्ट’मा पारमाणविक भट्टी नेपालमा संचालन गर्नेसम्बन्धि विधेयक ल्याएको गम्भीर आशंका गर्दै मान्य नहुने अडान राख्नुभयो । उहाँले युरोपियन मुलुकहरुका समेत पारमाणविक भट्टी हटाउने काम भईरहेका बेला नेपालमा त्यसको स्थापनाको आवश्यकता नरहेको पनि स्पष्ट पार्नुभयो ।
सत्तारुढ नेकपाका सांसद भिम रावलले पारमाणविक भट्टी स्थापना गर्न ल्याइएको सो विधेयक राष्ट्रको हितमा नरहेको बताउनुभयो । उहाँले सो सम्बन्धि कानुन बनाउँदा व्यापक अध्ययन गरेर मात्रै अघि बढाउन पनि सरकारलाई सचेत गराउनुभयो । सांसद रावलले पारमाणविक भट्टी निजी क्षेत्रलाई खोल्न दिने सरकारको प्रस्तावप्रति पनि आपत्ति जनाउनुभयो । रेडियोधर्मीसम्बन्धी कानुन बनाउन भने सरकारले ढिलाई गर्न नहुने सांसद रावलको भनाइ छ । बैठकमा बोल्दै पूर्व स्वास्थ्यमन्त्री डा. भरत प्रदानले पारमाणविक भट्टी नेपालको आवश्यक्ता नभएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *