Tuesday, July 23, 2019
Home > खेलकुद समाचार > विश्वकप क्रिकेटमा आज श्रीलंका र वेस्टइन्डिजबिच प्रतिष्पर्धा

विश्वकप क्रिकेटमा आज श्रीलंका र वेस्टइन्डिजबिच प्रतिष्पर्धा

आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा अहिले श्रीलंका र वेस्टइन्डिजबिच प्रतिष्पर्धा भइरहेको छ ।

चेस्टर लि स्ट्रिटमा जारी खेलमा श्रीलंकाले व्याटिङ गरिरहेको छ । वेस्टइन्डिज ७ खेलमा १ मा जित र ५ मा हारका साथ नवौं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । यसैकारण वेस्टइन्डिज बिना दबाब मैदान उत्रँदै उत्कृष्ट प्रर्दशन गर्ने सोचमा छ । यता श्रीलंकाको पनि अघिल्लो चरण पुग्ने सम्भावना लगभग सकिएको छ । झिनो अंक गणीतिय सम्भावना रहेको श्रीलंका आजको खेलमा पराजित भए आधिकारीक रुपमा प्रतियोगिताबाट बाहिरिने छ । श्रीलंका ७ खेलमा २ मा जित र ३ मा हारका साथ सातौं स्थानमा छ । २ खेल वर्षाले रद्द भएको श्रीलंकाको ६ अंक छ । श्रीलंका मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानको खराब प्रर्दशन ठूलो चिन्ताको विषय हो । त्यस्तै वेस्ट इन्डिजको पनि ब्याटिङ कमजोर मानिएको छ । विश्वकपमा श्रीलंका र वेस्ट इन्डिजबीच ८ खेल भएको छ । जसमा वेस्ट इन्डिज ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको थियो । १ खेलको नतिजाविहीन छ । यी दुई देशबीच कुल ५६ वान डे खेल भएको छ । वेस्ट इन्डिज २८ खेलमा विजयी हुँदा २५ खेलमा पराजित भएको छ । ३ खेल नतिजाबिहीन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *