Monday, August 19, 2019
Home > मुख्य समाचार > बरगाछी दुर्घटनापछि फरार किरण लामा पक्राउ, मृतकको शव आफन्तले बुझे

बरगाछी दुर्घटनापछि फरार किरण लामा पक्राउ, मृतकको शव आफन्तले बुझे

विराटनगर । यही शनिबार विराटनगरको बरगाछीमा भएको दुर्घटनाको घटनामा प्रहरीको खोजीमा रहेका किरण लामा पक्राउ परेका छन् ।

प्रहरीले उनलाई आज विराटनगरको पुष्पलालचोकबाट पक्राउ गरेको हो । पक्राउ गरिएका लामालाई आजै ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले लामालाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार अनुसन्धान थालिएको बताउनुभयो । यसैबीच सो दुर्घटनामा परी मृत्यु भएका विराटनगर–१२ का १९ वर्षीय शंकरकुमार मिश्रको शव आफन्तले बुझेका छन् । मृतकका आफन्तले शव बुझेपछि विराटनगरको विभिन्न सडकहरुको परिक्रमा गर्दै घरतर्फ लगेका थिए । उनको आजै अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ । गत शनिबार राति पौने ११ बजे विराटनगरको बरगाछीमा बा २० च ७४० नम्बरको कारको ठक्करबाट को ३५ प ५६३४ नम्बरको मोटरसाइकल चालक १९ वर्षीय मिश्रको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *