Thursday, November 21, 2019
Home > राष्ट्रिय समाचार > १ सय ७५ जना विद्यार्थीलाई बोतल वितरण

१ सय ७५ जना विद्यार्थीलाई बोतल वितरण

मोरङ । विराटनगर प्लाटिनम राउण्ड टेबल–११ तथा युरो राउण्ड टेबलको आर्थिक लगानीमा निर्माण गरिएको मोरंङको बुढीगंगास्थित श्रीसरस्वती सदन आधारभुत विद्यालयलाई निर्माण पक्षले सहयोगलाई निरन्तरता दिएको छ ।

यसअघि भवन निर्माणसहित स्कुलका लागि फर्निचर,कम्प्युटर तथा शैक्षिक सामाग्री जुटाउन सहयोग गरेको विराटनगर प्लाटिनमले विद्यालय भवनलाई रंगरोगन गराउनुका साथै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पानीका बोतल वितरण गरेको छ । प्लाटिनमले उक्त विद्यालयको १६ कोठे भवन सहित परिसरलाई रंगरोगन गराइदिएको छ । पशुपति पेन्ट्स र बुढीगंगा गांउपालिकाको सहयोगमा स्कुल परिसरलाई रंगरोगन गराइएको प्लाटिनमका अध्यक्ष लोकेश टिवडेवालले जानकारी दिनुभयो । कार्यक्रममा नर्सरीदेखि कक्षा ४ सम्मका १ सय ७५ जना विद्यार्थीलाई पानी खाने बोतल वितरण गरिएको आयोजकले जनाएको छ । २०६४ सालयता सो विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको प्लाटिनमले विद्यालयका लागि भन्दै २ करोड बढीको लगानीमा १६ कोठे विद्यालय भवनसहित राउण्ड टेबल बालबालिका लागि प्राथमिक उपचारकेन्द्र समेत स्थापना गरिदिएको छ । शिक्षालाई प्राथमिकतामा राखेको राउण्ड टेबलले देशब्यापी रुपमा समाजसेवाको गतिविधि संचालन गर्दै आएको क्लबका पदाधिकारीको भनाई छ ।

कार्यक्रममा स्कुलका प्रधानाध्यापक खगेन्द्रकुमार काफ्लेसहित राउण्ड टेबलका विभिन्न तहका पदाधिकारीको सहभागिता रहेको थियो । उक्त विद्यालयमा अधिकांश विपन्न,दलित तथा आदिबासी जनजातिका बालबालिका अध्ययन गर्दै आएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *