Tuesday, July 23, 2019
Home > खेलकुद समाचार > नेपाल समूह विजेता बन्दै एसीसी यू १९ इस्टर्न रिजन क्रिकेटको सेमिफाइनलमा प्रवेश

नेपाल समूह विजेता बन्दै एसीसी यू १९ इस्टर्न रिजन क्रिकेटको सेमिफाइनलमा प्रवेश

नेपाल समूह विजेता बन्दै मलेसियामा जारी एसीसी यू १९ इस्टर्न रिजन क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । सिंगापुर समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९ ओभर २ बलमा अलआउट हुँदै १०९ रनमा समेटियो । सिंगापुरका लागि हरी कुकरेजाले सर्वाधिक ३० रन जोडे । सिंगापुरलाई सस्तैमा समेट्न कुशल मल्लले ४ विकेट लिए । यस्तै तिलक राज भण्डारीले २ तथा रसिद खानले १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ४ विकेट गुमाएर ३२६ रन बनाएको थियो । नेपालको फराकिलो स्कोरमा रित गौतमले शतकीय इनिङ्स खेले । अविजित रहेका रितले ११५ रन बनाए । प्रतियोगिताको यो पहिलो शतक हो । खडक बोहोराले ९० रनको अर्धशतकीय इनिङ्स खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *