Thursday, November 21, 2019
Home > मुख्य समाचार > निर्घात कुटिएका विराटनगर १४ का सेमानन्द यादवको मृत्यु

निर्घात कुटिएका विराटनगर १४ का सेमानन्द यादवको मृत्यु

विराटनगर । विवाहको बिषयमा विवाद हुंदा निर्घात कुटिएका विराटनगर १४ का सेमानन्द यादवको मृत्यु भएको छ ।

कोशी अस्पतालमा उपचाररत रहनुभएका यादवको गएराति सवा ९ बजे मृत्यु भएको मृतकका आफन्त बिजेन्द्र यादवले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयले समेत यादवको मृत्यु भएको पुष्टि गरेको छ । मोरंग प्रहरीका डिएसपी राजकुमार खिउजुले मृत्यु भएका यादवको शव पोष्टमार्टमपछि आफ्न्तलाई बुझाउने बताउनुभयो । उहांले सो घटनाका विपक्षीहरु बिरुद्ध ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा दर्ता रहेको र सम्बन्धित ब्यक्तिहरुको खोजी कार्य तीब्र पारिएको जानकारी दिनुभयो । यता मृतकका आफ्न्तहरुले भने घटनामा संलग्न ब्यक्तिहरुलाई पक्राउ नगरेसम्म मृतकको शव नबुझ्ने अडान लिएका छन । आफुले रोजेको केटीसंग छोरोले विवाह गर्न नमानेपछि जेठ ३२ गते विराटनगर १४ का वडाध्यक्ष बलदेव यादवको घरमा भएको पंचयतीको क्रममा उनलाई कुटपीट गरिएको पीडित पक्षको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *