Thursday, November 21, 2019
Home > मुख्य समाचार > वर्षाको प्रभाव जनकपुरमा पनि

वर्षाको प्रभाव जनकपुरमा पनि

जनकपुर । तीन दिनदेखिको अविरल वर्षाले जनकपुरको अञ्चल अस्पताल, मुख्यमन्त्री कार्यालय, जिल्ला प्रहरी कार्यालय जलम्य भएको छ ।

जनकपुरको ऐतिहासिक बाह्रविघा मैदान, जनकपुर विमानस्थल,मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, जनकपुर अंचल अस्पताल, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय लगायतको परिसर वर्षाको पानीले जलमग्न बनेको छ । अविरल वर्षाले कुनै अप्रिय घटना अहिलेसम्म नभएको र वर्षाले भएको क्षतिको तथ्यांक संकलनको काम भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । .यसैगरी वर्षाका कारण जनकपुरको वडा नम्बर २ र ३ डुबानमा परेपछि जनजीवन कष्टकर बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *