Tuesday, July 23, 2019
Home > राष्ट्रिय समाचार > मन्त्री खनालद्धारा केन्द्रिय कृषि प्रयोगशालाको निरीक्षण

मन्त्री खनालद्धारा केन्द्रिय कृषि प्रयोगशालाको निरीक्षण

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले केन्द्रिय कृषि प्रयोगशालाको निरीक्षण गर्नुभएको छ ।

आज बिहानै कालिमाटी तरकारी बजारमा रहेको केन्द्रिय कृषि प्रयोगशालाको स्थलगत निरीक्षण गर्नु भएको हो । करिव एक घण्टा प्रयोगशालाको निरीक्षणपछि उहाँले संचारकर्मीमाझ प्रचार गरिएजस्तो भारतबाट आयातीत तरकारी तथा फलफूलमा विषादी नभएको परीक्षणका क्रममा पाइएको स्पष्ट पार्नुभयो । उहाँले दैनिक तरकारी तथा फलफूलको विषादी परिक्षणको काम भईरहेकाले सर्वसाधारणले डराउनुपर्ने स्थिति नरहेको पनि बताउनु भयो । केन्द्रमा रहेको सो प्रयोगशालामा सबै प्रकारको विषादीको परीक्षण हुने र अन्य ठाउँमा रहेका ८ वटा प्रयोगशालाबाट पनि तरकारी तथा फलफूलको विषादी परिक्षणको काम भईरहेको मन्त्री खनालको दावी छ । मन्त्री खनालले जनस्वास्थ्यलाई ख्यालमा राखेर सरकारले ४ महिना अघि नै २१ वटा विषादीको प्रयोगमा प्रतिबन्ध लगाएको पनि स्मरण गराउनु भयो । मन्त्री खनालका अनुसार नेपालमा हाल विषादी परीक्षणका लागि केन्द्रमा एक र देशका अन्य भागमा गरी ८ वटा प्रयोगशाला रहेका छन् । विश्व खाद्य संगठनले २०७१ सालमा स्थापना गरेको केन्द्रिय कृषि प्रयोगशालामा सबै खालको विषादीको परीक्षण हुन्छ । अन्य ८ ठाउँबाट पनि खाद्य बस्तुहरुको विषादी परीक्षण भईरहेको छ । मन्त्री खनालले त्यतिले मात्रै नपुगेका कारण भन्सार नाकाहरुमा पनि विषादी चेकजाँचको व्यवस्था गर्नुपर्ने आवश्यक्ता मन्त्रालयले औंल्याएको पनि बताउनु भयो । सरकारले विषादीको प्रयोगलाई कम गर्दै लैजान विभिन्न प्रदेशहरुमा प्राङगारिक मल उत्पादनका लागि ५२ करोडको बजेटको व्यवस्था पनि गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *