Monday, September 23, 2019
Home > खेलकुद समाचार > एकदिवसिय विश्वकप क्रिकेटमा स्टार्कको नयाँ रेकर्ड कायम

एकदिवसिय विश्वकप क्रिकेटमा स्टार्कको नयाँ रेकर्ड कायम

अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले एकदिवसिय विश्वकप क्रिकेटमा नयाँ रेकर्ड कायम गरेका छन् ।

इंग्ल्यान्डसँगको सेमिफाइनल खेलमा १८ औं ओभरको दोस्रो बलमा जोनी बेयरस्टोलाई ३४ रनमा एलबीडब्लू आउट गर्दै स्टार्क एकै विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बने । यस विश्वकपमा स्टार्कले १० खेलमा २७ विकेट लिए । यसअघि अष्ट्रेलियाकै ग्लेन मक्ग्राथले सन् २००७ को विश्वकपमा लिएको २६ विकेटनै एकै विश्वकपमा एकै बलरले लिएको सर्वाधिक विकेट रहेको थियो । स्टार्कको प्रदर्शनका बाबजुद अष्ट्रेलियाको विश्वकप यात्रा भने सेमिफाइनलमा नै समाप्त भयो । इंग्ल्यान्डले ८ विकेटको जित दर्ता गर्दै फाइनलमा स्थान बनाएको छ । अब उसले उपाधिका लागि आइतबार न्युजल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *