Tuesday, July 07, 2020
Home > मुख्य समाचार > आज गुरु पुर्णिमा मनाइदै

आज गुरु पुर्णिमा मनाइदै

आज अषाढ शुक्ल पुर्णिमा । हिन्दु धर्मावलम्बीहरुले आजको दिनलाई गुरु पुर्णिमाको रुपमा मनाउदै छन ।

गुरु पुर्णिमाका दिन आफुलाई शिक्षा,दिक्षा दिने गुरुलाई श्रद्धाभाव प्रकटगर्दै मनाईन्छ । सो अवसरमा विराटनगर–४ स्थित श्री राधारमण मन्दिरमा गुरु पुर्णिमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ । राधारमण मन्दिर संचालक समिति र निम्बार्क बैष्णव परिषद नेपालले सो ठांउमा संयुक्तरुपमा गुरु पुर्णिमा ब्यास पुजन महोत्सव आयोजना गरेको छ । कार्यक्रममा बांके जिल्ला कोहलपुर निवासी आचार्य हरिप्रसाद अर्याल ‘भागवत भुषण’लाई गुरुको रुपमा श्रद्धाभाव प्रकटगर्दै पुजाआजा गरिएको छ । संस्थाले प्रत्येकबर्ष गुरु पुर्णिमाको अवसरमा अगुवा धार्मिक ब्यक्तित्वलाई ल्याएर ब्यास पुजन कार्यक्रम गर्ने गरेको निम्बार्क बैष्णव परिषदका सचिव गोपाल सुवेदीले बताउनुभयो । कार्यक्रममा परिषदका विभिन्न भातृ संस्थाहरुले संस्थागतरुपमा गुरु पुजा गरेको उहांले जानकारी दिनुभयो । सो अवसरमा धार्मिक भजनकिर्तन र प्रवचन लगायतका कार्यक्रम आयोजना गरिएको छ । अषाढ शुक्ल पुर्णिमाकैदिन जन्मिनुभएका बैदिक धर्मग्रन्थ महाभारतका रचयिता बेदब्यासको जन्म दिवसलाई हिन्दु धर्मावलम्बीले ब्यास जयन्तिकोरुपमा मनाउदै आएका छन । बेदब्यासले १८ पुराण र १८ उपपुराणको रचना गर्नुभएको जनाइएको छ । गुरुले शिष्यलाई अन्धकारबाट उज्यालोतर्फ डो¥याउने भएकाले आफुलाई पढाउने र विभिन्न विधाको शिक्षा दिने शिक्षकलाई समेत यसदिन श्रद्धाभाव प्रकट गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *