Monday, August 19, 2019
Home > राष्ट्रिय समाचार > मोरङबाट यसबर्ष २७ जना हजयात्री मक्का मदिना जाने

मोरङबाट यसबर्ष २७ जना हजयात्री मक्का मदिना जाने

विराटनगर । मोरङबाट यसबर्ष २७ जना हजयात्री साउदी अरबको मक्का मदिना जाने भएका छन ।

काठमाण्डौबाट मक्का मदिनातर्फ उड्ने हजयात्रीलाई आज विराटनगरबाट विदाई गरिएको छ । नेपाल मुस्लिम युथ कमिटिले सम्मान तथा विदाई कार्यक्रमको आयोजनागर्दै हजयात्रीलाई विदाई गरेको हो । मोरङबाट १५ पुरुष र १२ जना महिलागरि २७ जना हजयात्री साउदी अरब जान काठमाण्डौ गएका छन । साउन ३ गते मोरंगका हजयात्रीले त्यहांबाट प्रस्थान गर्ने तालिका छ । यसपटक झापाबाट ५ जना र सुनसरीबाट २ सय १० जना हजगर्न जादैछन । हजयात्रीलाई गृह मन्त्रालय मातहतको हज समितिले प्राबिधिक संयोजन गरिरहेको छ । देशभरिबाट यसबर्ष १५ सय ब्यक्तिले हजगर्ने भएका छन । यो अहिलेसम्मकै सबभन्दा बढी संख्या रहेको नेपाल मुस्लिम युथ कमिटिका सचिव इमाम हैदरले जानकारी दिनुभयो । ४० दिने हज यात्राको दौरान प्रत्येक हजयात्रीले २ लाख ३० हजार खर्च बेहोर्नपर्ने उहांले बताउनुभयो । इस्लामधर्मका पाँच आधार स्तम्भमध्ये हजलाई मुख्य मानिन्छ । हज गरेर आउने मुसलमानलाई हाजीको सम्मान दिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *